विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

केही प्रदेशमा बिहानै देखि वर्षा, कस्तो रहला आजको मौसम ?

663
shares

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान प्रदेश–१, मधेस प्रदेश र वाग्मती प्रदेशमा सामान्य देखि पूर्ण बदली रहनेछ । बाँकी भू–भागमा आंशिक देखि सामान्य बदली भई प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो प्रदेश १, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेश तथा देशका अन्य पहाडी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा तथा मधेस प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

आज राति प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पूर्वी बंगलादेश सम्म पूर्व–पश्चिम फैलिएको न्यूनचापीय रेखाको प्रभाव रहेको विभागले जनाएको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports