विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

छात्रा माथि दुरव्यवहार गरेको आरोप लागेका बस्नेत रामेछाप बाट पक्राउ

559
shares

काठमाडौं । यौन दुर्व्यवहारको आरोप लागेका काठमाडौं जोरपाटी स्थित सर्वनाम शिक्षालयका वार्डेन पक्राउ परेका छन्। उनलाई जिल्ला प्रहरी कार्यालय रामेछापको सहयोगका शनिबार पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

पक्राउ पर्नेमा रामेछाप गोकुलगंगा गाउँपालिका-२ ठोसे घर भएका ३५ वर्षीय रामजी बस्नेत छन्। घटना बाहिरिएपछि उनी शनिबार बिहान रामेछापका लागि हिँडेका थिए। प्रहरीले थाहा पाएपछि उनलाई रामेछापको मन्थली बाट नियन्त्रणमा लिएको हो। उनी विरूद्ध तीन जना छात्राले जाहेरी दिने तयारी गरेका छन्। उनी माथि कक्षा १०, ८ र ७का छात्रा माथि बाल यौन दुर्व्यवहार गरेको आरोप छ।

शिक्षालयका छात्राहरू माथि यौन दुर्व्यवहार गरेको भन्दै आक्रोशित अभिभावकहरू शनिबार विद्यालयमा पुगेका थिए। अभिभावक पुगेपछि प्रहरीको टोली पनि त्यहाँ पुगेको थियो। तर त्यहाँबाट होस्टेल वार्डेन भने फरार थिए। यस घटनामा परिसर र प्रहरी वृत्त बौद्धले संयुक्त रूपमा अनुसन्धान गरिरहेको छ। यसअघि विद्यालयका प्रिन्सिपललाई पनि सोधपुछका लागि नियन्त्रणमा लिएको थियो।

६ महिना देखि छात्राहरू माथि दुर्व्यवहार गर्दै आएको तर घटना बारे शुक्रबार मात्रै अभिभावकलाई जानकारी भएको हो। अभिभावकले यसबारेमा जानकारी पाएपछि शनिबार विरोध गर्न विद्यालय पुगेका थिए। पक्राउ परेका वार्डेनलाई शनिबार राति नै काठमाडौं ल्याइएको छ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports