द्रुतमार्गको र त्यस सँग जोडिने अग्ला पुलहरु निर्माणको काम रोकी नेपाली सेना ठेकदार कम्पनीहरुको कामको समीक्षा गर्दै
वि.सं.२०७९ जेठ २२ आइतवार २०:०८
shares
काठमाडौं ।नेपाली सेनाले काठमाडौं–तराई–मधेश द्रुतमार्गको सुरुङमार्ग र त्यस सँग जोडिने अग्ला पुलहरु निर्माणको काम रोकेको छ । ठेकदार कम्पनीहरुले गरेको कामको पुनारावलाकन र समीक्षा गर्न भन्दै सेनाले सुरुङमार्गको दुवै प्याकेजको काम रोक्न निर्देशन दिएको थियो ।
नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी नारायण सिलवालका अनुसार निर्माण कम्पनीलाई नभएर निर्माणको काम मात्रै निलम्बन गरिएको हो । अब परामर्शदाता कम्पनी र निर्माण कम्पनीले संयुक्त रुपमा ‘फिल्ड भिजिट’ (निर्माणस्थलको निरीक्षण) गरेपछि निलम्बन फुकुवा हुने सिलवालले बताए ।
‘सोमबार देखि ती दुवै प्याकेजमा भएका कामको समीक्षा हुन्छ,’ उनले भने, ‘त्यसका लागि परामर्शदाता पनि फिल्ड जान्छ ।’ सुरुङमार्गहरू बनाउन दुई वटा प्याकेजमा ठेक्का लागेको छ । ईपीसी मोडलको ठेक्काअनुसार ठेकदारहरुले निर्माणको काम गरिरहे पनि गत सुस्त छ ।






































