२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अहिले सरकार पैसा बाहेक अरु केही नसोच्नेहरुको हातमा पुगेको छ : ओली

1.22K
shares

काठमाडौं ।प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरु सरकार बाट हटेपछि वातावरणका विषयमा चिन्ता गर्ने कोही नभएको टिप्पणी गरेका छन् । अध्यक्ष ओलीले वातावरण विनाशको डिलमा पुग्न लागेको उल्लेख गर्दै यस बारे केही नलेज छ कि छैन ? भनी सरकारलाई प्रश्न समेत गरे ।

विश्व वातावरण दिवसको अवसर पारेर आइतबार ललितपुरको च्यासल स्थित तुलसीलाल स्मृति भवनमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अहिले सरकार पैसा बाहेक अरु केही नसोच्नेहरुको हातमा पुगेको बताए । ‘हामी सरकार बाट हटेपछि कसले कसले सोच्ने वातावरण, कसले सोच्ने अरु ? पैसा बाहेक अरु नसोच्नेहरुका हातमा सरकार पुगेपछि के को, वातावरण के को के ? त्यो सबै टुंगियो कुरा’ उनले भने ।

आफू प्रधानमन्त्री हुँदा वातावरण र जलवायु परिवर्तनको महत्व दर्शाउनका लागि अन्तर्राष्ट्रिय स्तरको ‘सगरमाथा संवाद’ कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको पनि ओलीले स्मरण गरे । तर सन् २०२० मा कोभिड–१९ को महामारीका कारण सगरमाथा संवाद अघि बढ्न नसकेको उनको भनाइ छ । अध्यक्ष ओलीले वातावरण संरक्षणका लागि वनको भन्दा पनि हिमालको भूमिका महत्वपूर्ण हुने भएकाले विश्वका नेताहरुले नेपालको हिमाल बारे चर्चा गर्नु अति जरुरी रहेको तर्क गरे ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports