विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राफेल नाडालले कीर्तिमानी चौधौँ पटक फ्रेन्च ओपन टेनिस एकलको उपाधि जिते

741
shares

काठमाडौं ।राफेल नाडालले कीर्तिमानी चौधौँ पटक फ्रेन्च ओपन टेनिस एकलको उपाधि जितेका छन् । स्पेनका ३६ वर्षीय नाडालले फ्रेन्च ओपनको फाइनलमा नर्वेका क्यास्पर रुडलाई ६–३, ६–३, ६–० ले हराएका हुन् ।

यो जित सँगै राफेलको खातामा कीर्तिमानी २२ एकल ग्रान्डस्लाम उपाधि आएको छ । नाडाल फ्रेन्च ओपनको पुरुष सिंगल्स जित्ने सबैभन्दा पाको उमेरका टेनिस खेलाडी पनि बनेका छन् ।

खेल सकिएपछि उनले भने, “मलाई आफैंलाई पत्याउन गाह्रो छ। मैले ३६ वर्षको उमेरमा आफ्नो करियरको यो महत्त्वपूर्ण कोर्टमा फेरि एकपटक प्रतिस्पर्धा गर्न सक्छु भन्ने सोचेको थिइनँ। मलाई थाहा छैन भविष्यमा के हुन्छ तर म संघर्ष गरिरहनेछु ।”

यो जित सँगै नाडालले रोजर फेडेरर र नोभाक जोकोभिचलाई पछि पार्दै ग्रान्डस्लाम एकल जित्ने कुल संख्या बढाएका छन् । नाडालको यो २२ औं ग्रान्डस्लाम उपाधि हो भने फेडेरर र जोकोभिचले कुल २०-२० ग्रान्डस्लाम जितेका छन् ।एजेन्सी

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports