मनसुन भित्रियो, कस्तो रहला आजको मौसम ?
वि.सं.२०७९ जेठ २३ सोमवार ०७:१७
shares

काठमाडौं ।नेपालको पूर्वी भू-भागमा मनसुनी वायुको सामान्य प्रभाव र मध्य तथा पश्चिमी भूभागमा स्थानीय वायुको प्रभाव रहेको छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी भू-भागहरूमा आंशिक बदली भई प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको केहि स्थानहरूमा वर्षा भइरहेको छ ।
सोमबार प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा मधेस प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन / चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
यता मंगलबार प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य देखि पूरण बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा मधेस प्रदेशका थोरै स्थानहरूमा तथा कर्णाली तथा लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
बुधवार प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूरण बदली रही बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा मधेस प्रदेशका थोरै स्थानहरूमा तथा कर्णाली तथा लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।




































