विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कर्णाली सरकारले नीति तथा कार्यक्रम मंगलबार प्रदेश सभामा पेस गर्ने

754
shares

सुर्खेत ।कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम मंगलबार प्रदेश सभामा पेस गर्ने तयारी गरेको छ । सरकारका तर्फ बाट प्रदेश प्रमुख तिलक परियारले नीति तथा कार्यक्रम पेस गर्नेछन् । नीति तथा कार्यक्रम पारित भएपछि असार १ गते बजेट ल्याउने तयारी सरकारको छ ।

यसपटक कार्यान्वयनमुखि योजना मात्रै बजेटमा समावेश गर्ने प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बिन्दमान विष्टले बताए । प्रदेश सरकारले विगतका अधुरा आयोजना कार्यान्वयन गर्ने नीति अपनाएको छ । ‘यसअघिका थुप्रै आयोजनाहरू अधुरा छन् । ती आयोजनालाई मुर्तरुप दिनका लागि नयाँ योजना थप्ने भन्दा पुरानै योजनामा बजेट थप्ने र कार्यान्वयन गर्ने सरकारको तयारी छ,’ उनले भने ।

मन्त्री विष्टका अनुसार आगामी आर्थिक वर्षका लागि ल्याइने बजेट विगत भन्दा केही घटेर आउने छ । मन्त्री विष्टका अनुसार आयोजना बैंक स्थापना गरी सोही बैंकमा रहेका आयोजनाहरू मध्ये बाट प्राथमिकताका आधारमा नयाँ आयोजना छनोट गरी स्रोत विनियोजन गरिनेछ ।

प्रदेश सरकारले आगामी वर्ष नयाँ र दीर्घकालीन महत्वका आयोजना प्रस्ताव गर्दा सोको विस्तृत परियोजना प्रतिवेदन र वातावरणीय अध्ययनको आधारमा वहुवर्षीय आयोजनाको रुपमा स्वीकृत गरी कार्यान्वयन गर्ने नीति पनि लिएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports