विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

समाजवादी बाट मन्त्री सिफारिस भएकाहरुलाई आज शपथ ग्रहण गराउने तयारी

572
shares

काठमाडौं ।एकीकृत समाजवादी बाट मन्त्री सिफारिस भएकाहरुलाई आज शपथ ग्रहण गराउने तयारी भइरहेको छ । शितल निवासमा आयोजना हुने समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरुलाई शपथ ग्रहण गराउने छिन् । शपथ ग्रहण दिउँसो हुने भनिए पनि समय निश्चित भइसकेको छैन ।

सत्ता गठबन्धन दल नेकपा एकीकृत समाजवादीले मन्त्रिपरिषदमा आफ्नो भागमा रहेका पाँच जना मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई पठाउने निर्णय गरेको थियो । नयाँ बन्न लागेका मन्त्रीहरुमा जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, शेरबहादुर कुँवर, भवानी खापुङ र हिरा केसी छन् । यसअघि स्वास्थ्य राज्यमन्त्री खापुङ मन्त्रीमा र केसी राज्यमन्त्रीमा रहने गरी एकीकृत समाजवादीले सिफारिस गरेको छ ।

यसअघि एकीकृत समाजवादी बाट स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा विरोध खतिवडा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमा प्रेमबहादुर आले, शहरी विकासमा रामकुमारी झाँक्री, श्रम, रोजगार तथा सामाजिक सुरक्षामा कृष्णकुमार श्रेष्ठ मन्त्री थिए । उनीहरु सबैलाई फिर्ता बोलाइएको छ । शपथ ग्रहण समारोहको समय भने निश्चित भइसकेको छैन । राष्ट्रपति कार्यालय बाट समय निश्चित गरेर खबर आएपछि मन्त्रीहरुको शपथ ग्रहण हुने मन्त्रीमा सिफारिस एक नेताले बताए ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports