२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

फोहोर फाल्न स्थानीयवासी द्वारा आज पनि अवरोध

1.05K
shares

काठमाडौं। काठमाडौं बाट फोहोर बोकेर बन्चरेडाँडा तर्फ गएका गाडी आज पनि स्थानीय बासिन्दाले रोकेका छन्। स्थानीय बासिन्दा सँग समन्वय नगरी फोहोर विसर्जन गर्न खोजिएको भन्दै उनीहरूले विरोध गरिरहेका छन्। मंगलबार प्रहरीले बल प्रयोग गरेर फोहोर विसर्जन गरेको थियो।

फोहोर बोकेर आएका गाडी रोकिएको र फोहोर विसर्जन गर्न नदिइएको संघर्ष समितिका संयोजक श्रीराम ढुंगानाले बताए। ‘गाडी रोकिएका छन्। मंगलबार जस्तै प्रहरीहरू पनि आएका छन्। अब काठमाडौं महानगर कसरी अगाडि बढ्छ त्यसैमा परिस्थिति निर्भर रहन्छ,’ उनले भने।

काठमाडौं महानगर, सहरी मन्त्रालय र काठमाडौं, धादिङ र नुवाकोटका जनप्रतिनिधि बीच सहमति भएपछि फोहोर उठाउन थाले पनि विसर्जन गर्ने स्थानमा स्थानीय बासिन्दाले अवरोध गर्दै आएका छन्।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports