२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पत्रकार किशोर नेपालको नाम बाट पुरस्कार घोषणा

936
shares

काठमाडौं ।वरिष्ठ पत्रकार किशोर नेपालको नामबाट १ लाख १ हजार १०० रुपैयाँ राशीको ‘किशोर नेपाल पत्रकारिता पुरस्कार’ स्थापना गरिएको छ । पत्रकार नेपालको ७०औं जन्मोत्सवका अबसरका मिडिया इन्टरनेसनलले उक्त राशीको पुरस्कार घोषणा गरेको हो । नेपाल पत्रकार महासंघका पूर्वध्यक्ष समेत रहेका नेपालको नाम बाट मिडिया इन्टरनेसनलले हरेक वर्ष पुरस्कार प्रदान गर्ने बताएको छ ।

नेपाली पत्रकारितामा किशोर नेपाल ७० वर्षको उमेरमा पनि सक्रिय पत्रकारकै रुपमा छन् । राष्ट्रिय स्तरका कैयौं पत्रपत्रिकाको सम्पादकको जिम्मेवारीमा रहेर काम गरिसकेका नेपालको ७०औँ जन्मोत्सवका अबसरमा एक विशेष कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा वरिष्ठ अर्थविद समेत रहेका विश्वम्भर प्याकुरेलले किशोर नेपालको नामबाट पत्रकारिता पुरस्कार स्थापना गर्नु महत्वपूर्ण काम भएको बताए ।

वरिष्ठ पत्रकार किशोर नेपालले पुरस्कारको राशीले पत्रकारिता क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने भन्दै आफ्नो नामबाट मिडिया इन्टरनेसनलले एक लाख रुपैयाँ राशीको पुरस्कार स्थापना गरेकोप्रति धन्यवाद व्यक्त गरेका छन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports