पहिरोको कारमा मुग्लिन नौबिसे सडक अवरुद्ध, पहिरो पन्छाउने प्रयास जारी
वि.सं.२०७९ जेठ २६ बिहीवार ०७:२९
shares

काठमाडौं ।पहिरोले मुग्लिङ-नौविसे र मुग्लिङ-नारायणगढ सडक अवरूद्ध भएको छ।
मुग्लिङ-नौविसे सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका वडा नम्बर ४ नाग्दीखोलामा पहिरो खस्दा सडक अवरूद्ध भएको हो। यस्तै मुग्लिङ-नारायणगढ सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका वडा नम्बर ६ को तोपेखोला नाम्सी पुलमा सडक अवरूद्ध भएको छ। बिहान करिब ४ बजेतिर पहिरो खसेपछि सडक अवरूद्ध भएको हो।
पहिरो हटाएर सडक खोल्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले बताए। गए राति देखि नै यात्रुहरू सडकमा रोकिएका छन्।






































