सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

चित्त बुझ्दो स्पष्टीकरण देलान त ?

559
shares

काठमाडौ । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल सहितका भीम रावल, सुरेन्द्र पोडेल र घनश्याम भुसाललाई नेकपाले स्पष्टीकरण सोधोको छ । स्पष्टीकरण तीन दिन भित्रमा चिक्त बुझ्दो जवाफ दिन भनिएको छ । सबै नेताहरुलाई बेग्लाबेग्लै स्पष्टीकरण सोधिएको हो । नेकपाको केन्द्रीय कार्यालयका तर्फबाट सोमबार चारै नेतालाई छुट्टाछुट्टै पत्र पठाइएको छ । तीन दिन भित्रमा जवाफ नआएको खण्डमा पार्टीको विधान बमोजिम कारबाही गर्ने उल्लेख गरिएको छ । पार्टीका महासचिव इश्वर पोखरेलको हस्ताक्षर सहितको पत्र पठाइएको छ । पत्रमा माधव नेपाललाई १० बँुदे स्पष्टीकरण सोधिएको छ भने अन्यलाई समेत फरक फरक बुँदामा स्पष्टीकरण सोधिएको छ ।

माधव नेपाललाई तपाई सहतिको नेपाल कम्युनिष्ट पार्टी नेकपाको वरिष्ठ नेता÷स्थायी कमिटीको जिम्मेवारीमा रहँदाको अवस्थामा पार्टीका अध्यक्ष केपी ओलीको विरुद्धमा १९ पुष्ठ लामो अराजनीतिक तथ्यहीन भ्रमपूर्ण आरोप तयार गर्न पार्टी विधानको व्यवस्था विपतिर छापामार शैलीमा तत्कालिन पार्टी सचिवालयमा प्रस्तुत गर्न र त्यसलाई पार्टीको नाम, झण्डा र लोगो समेतको अनाधिकृत रुपमा प्रयोग गरी पुस्तकमा प्रकाशित गरेर वितरण गर्नमा अग्रसर भई पुष्पकमल दाहालको मतियार भई पार्टीको हित विपरित कार्य गरेको र गराउनुको कारण के हो ? भन्ने नेपाललाई पठाइएको पत्रमा उल्लेख गरिएको छ ।

माधव नेपाल र केपी ओलीबीचको सम्बन्ध कहिल्यै राम्रो हुन नसकेको र त्यसको फाइदा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पटक पटक उठाउन खोज्दै आएका थिए । जब नेकपा एमाले र माओवादी केन्द्रबीच २०७५ साल जेष्ठ ३ गते पार्टी एकीकरण भयो त्यसबेला देखि नै नेता नेपाल पुरानो रिस फेर्न चाहिरहेका थिए । माधव नेपाल पक्षले आफ्नै पार्टीका अध्यक्षलाई भन्दा पुष्पकमल दाहाललाई विश्वास गर्दै उनैको इसारामा चलेर ओलीलाई पार्टीबाट एकल्याउने रणनीतका साथ अघि बढेको भएपनि सर्बोच्च अदालतले गत फागुन २३ गते तत्कालिन नेकपाको दर्ता नै खारेज गरिदिएपछि नेकपा एमाले र माओवादी केन्द्र अलग अलग अस्तित्वमा आएका भएपनि नेपाल पक्षको मन मस्तिष्क अहिले पनि दाहालसँगै रहेकोले नेपाल पक्षका नेताहरुले स्पष्टीकरण दिएपनि उनीहरु दाहाल पक्षकै हितका लागि अघि बढ्ने भएकाले उनीहरु नेकपा एमालेबाट चोइटिएर माओवादी केन्द्रमै जाने प्रायः निश्चित जस्तै देखिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports