kumari
stcnepal

नुनमा फेरी झेल, कथित प्रतिवेदनको अर्थ के ?

 

काठमाडौ । विगत लामो समयदेखि नुनको व्यापार साल्ट टेडिङ्ग कर्पोरेशनले गर्दै आएको छ । नेपाल सरकारले तोकेको मापदण्ड अनुसार नै साल्टले सरकारको नीति, निर्देशन र आदेश अनुसार साल्टले नुनमा आयोडिन मिसाउँदै आएको छ ।
आयोडिनयुक्त नुनको सेवनले गलगाँडलगायतका अन्य रोगहरुको निदान गर्ने गरेको विभिन्न प्रतिवेदनहरुले देखाउँदै आएको भएपनि पछिल्लो समयमा केही काला व्यापारी र उद्योगपतिहरुको प्रभावमा परेर केही व्यक्तिहरुले साल्टले विक्रि वितरण गर्दै आएको नुनमा बढी मात्रामा आयोडिन मिसाएको भन्दै एउटा कथित प्रतिवेदन तयार गरेको छ ।
विश्व स्वास्थ्य संगठनले विश्वका विभिन्न मुलुकमा कति मात्रामा नुनमा आयोडिन मिसाउनुपर्दछ भन्ने निर्देशन दिएनुसार नुनमा आयोडिन मिसाउँदा उत्पादन हुँदाको समयममा कम्तिमा ५० पिपिएम मिसाउने र त्यसरी तयार गरिएको नुन दोस्रो पक्ष कहाँ पुग्दा कम्तिमा ३५ पिपिएम हुनुपर्ने र उपभोक्ताहरुकोमा पुग्दा कम्तिमा १५ पिपिएम हुनुपर्ने निर्देशन जारी गरेको र त्यही निर्देशनअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नुनमा यति पिपिएम मिसाएर नुन विक्रि वितरण गर्ने भन्ने निर्देशन साल्टलाई दिने गरेको छ । त्यही निर्देशन अनुसार साल्टले आयोडिनयुक्त नुनको विक्रि वितरण गर्दै आएको छ ।
केही वर्षअघि देखि केही काला व्यापारी र उद्योगपतिहरुले सरकारलाई आफ्नो प्रभावमा पारेर नुनको व्यापार निजी क्षेत्रलाई दिनुपर्ने लविङ्ग गर्दै आएका र विगतको बजेटमा समेत नुनको व्यापार गर्न निजी क्षेत्रलाई दिने भन्ने शब्द बजेटमा घुसाउन सफल भएका थिए ।

तर त्यसलाई सरकारले भुलसुधार गरेपछि अहिले तिनै काला व्यापारी र उद्योगतिहरुको प्रभावमा परी आयोडिनयुक्त नुनमा आयोडिन बढी मिसाएको हुनाले जनस्वास्थ्यमा प्रभाव परेको भन्दै त्यसै अनुरुपको प्रतिवेदन तयार गरी सार्वजनिक गरेपछि स्वास्थ्यविद्हरुले भने उक्त प्रतिवेदन गलत रहेको र बढी आयोडिनयुक्त खाँदा स्वास्थ्यमा कुनै असर नपर्ने बताउँदै आएका छन् ।
आयोडिन बढी हुँदा जनतालाई थाइराइड भएको भन्ने कथित प्रतिवेदनलाई वरिष्ठ थाइराइड विशेषज्ञ डा. ज्योति भट्टराईले ठाडै खारेज गरिदिनुभएको छ । डा. भट्टराईका अनुसार आयोडिन बढी हुँदा थाइराइड भयो भन्नु स्वत गलत रहेको भन्दै पहिला पहिला आयोडिनको कमी हुँदा गलगाँड र सुस्त मनस्थिति भएका बच्चा जन्मिने गरेको भएपनि अहिले त्यस्तो अवस्था नभएको भन्दै अहिलेपनि आयोडिन नुनलाई प्रश्रय दिनुपर्ने बताउनुभएको छ ।
नेपालमा आयोडिनयुक्त नुन जनताको घरघरमा पुगेपछि गलगाँड, सुस्त मनस्थितिका बच्चा जन्मिने क्रममा व्यापक सुधार आएको तथ्यलाई नजरअन्दाज गर्दै कसैलाई खुसी पार्ने उदेश्यले तयार गरिएको कथित प्रतिवेदनको औचित्य नरहेको प्रष्ट भएको छ ।

footer