सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

संख्या नपुगेपछि पार्टी नफुटाउने रे !

494
shares

काठमाडौ । तत्कालिन नेकपालाई जनताले झण्डै दुई तिहाई मत दिएर संघीय संसदमा पठाएका थिए । निर्वाचन हुनु अघि नै नेकपाले केपी ओलीलाई प्रधानमन्त्री बनाउने उद्घोष गरेकै कारण नेकपाले झण्डै दुई तिहाई मत पाएको थियो । त्यसको एउटै कारण थियो केपी ओली पहिलो पटक प्रधानमन्त्री बन्दा मुलुक अप्ठ्यारो अवस्थमा थियो । भारतले अघोषित नाकाबन्दी लगाएको थियो । जनता संकटमा थिए तर पनि त्यसबेला ओली नेतृत्वको सरकार विरुद्ध जनता सडकमा आएका थिएनन् । जनताले ओली नेतृत्वको सरकारलाई एक ढिक्का भएर समर्थन गरेका थिए । त्यही कारणले गर्दा नै नेकपाले त्यति धेरै मत पाएको सत्य वास्तविकता हो ।

ओली दोस्रो पटक प्रधानमन्त्री बन्दा जनताले ओली सरकारबाट ठुलो आशा एवं भरोसा गरेका थिए । ओली सरकारको पहिलो वर्षको कार्यकाल खासै विवादमा नपरेपनि दोस्रो वर्षको कार्यकाल शुरु देखि नै हालै दर्ता नै खारेज भएको नेपाल कम्युनिष्ट पार्टीभित्र विवाद उत्पन्न हुँदै गएको थियो । त्यही विवादले गर्दा नेकपा विभाजनको अवस्थामा पुगेकै बेला सर्बोच्च अदालतले २०७५ जेष्ठ ३ गते एकीकरण भएका नेकपा एमाले र माओवादी केन्द्रलाई अलग अलग अस्तित्वमा कायम गरिदिएपछि तत्कालिन नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पक्षले नेकपा एमालेमै रहन नचाहनु र उनीहरु माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निर्देशन, आदेश पालकमात्र देखिएकाले अहिले नेकपा एमालेभित्र विवाद देखिएको हो ।

नेपाल खनाल पक्षले हामीहरु नेकपा एमालेलाई विभाजन गराउँदैनौँ भनिरहेका छन् । त्यसको एउटै कारण हो दल विभाजनका लागि उनीहरुसँग आवश्यक संख्या नहुनु । नेकपा एमालेका प्रतिनिधिसभामा १ सय २१ सांसद रहेपनि नेपाल–खनाल समूहमा प्रत्यक्ष निर्वाचन जितेका १८ र समानुपातिकका २० गरी जम्मा ३८ सांसदमात्र रहेका छन् त्यसमा पनि त्यो संख्या घट्ने क्रममा रहेको छ । दल विभाजनका लागि प्रतिनिधिसभाका सांसदको संख्या कम्तिमा ४८ चाहिन्छ । केन्द्रीय समितिमा दल विभाजनका लागि आवश्यक संख्या पुग्ने भएपनि प्रतिनिधिसभाका सांसदको संख्या अपुग रहेपछि संसदीय दलमा नपुगेकै कारण उनीहरुले दल विभाजन गर्दैनौँ भनिरहेका छन् । संख्या पुगेको भए उनीहरुले पहिला नै विभाजित भएर माओवादी केन्द्रमा गईसकेका हुन्थे ।

निर्वाचनका बेला जनतासँग मत माग्दा हाम्रो प्रधानमन्त्री केपी ओली नै हुन् भनेर मत माग्ने अनि आफ्नो स्वार्थ पूरा भएन भनेर प्रधानमन्त्रीलाई पार्टीबाटै हटाउने र साधारण सदस्य समेत नरहने गरी हटाउने निर्णय गर्ने माधव खनालको समूहलाई अब नेकपा एमालेका नेता र कार्यकर्ताहरुले के भन्ने हो ? ओली नेतृत्वको सरकारले केही राम्रा कुरा गरेको छ जति गर्नुपर्ने थियो त्यति काम सरकारले गर्न सकेको छैन किन कि माधव–खनाल र तत्कालिन नेकपाका अध्यक्ष पुष्पकमल दाहालकै अवरोधका कारण सरकारले भने जति काम गर्न नसकेको हो भन्ने अहिले प्रमाणित हुँदै गएको छ । अहिले पनि जनता ओली सरकारकै पक्षमा देखिएका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports