सडक, सदन र समाचारमा हेर्ने हो भने रास्वपा, सभापति रवि लामिछाने र बालेन्द्र...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बजेट पारित हुने बित्तिकै संसदमा नागरिकता विधेयक पेश हुन्छ : प्रधानमन्त्री

559
shares

काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवाले बजेट पारित हुने बित्तिकै संसदमा नागरिकता विधेयक पेश गर्ने बताएका छन् । सोमबार बिहान लोकतान्त्रिक समाजवादीका नेताहरु सँगको भेटमा प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।

जन्मसिद्ध नागरिकका छोराछोरीलाई नागरिकता दिनुपर्ने लगायत माग सहित यसअघि लोसपाका नेताहरुले प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाएका थिए । तर अहिलेसम्म पनि नागरिकता विधेयक ल्याउने विषयमा कुनै प्रगति नभएको भन्दै नेताहरु सोमबार बिहान फेरि प्रधामन्त्रीलाई भेटन गएका हुन् ।

भेटमा आफूहरुले जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता दिने प्रावधान सहितको नागरिकता विधेयक कहिले आउँछ भनेर प्रधानमन्त्रीलाई सोधेको र प्रधानमन्त्रीले बजेट लगत्तै नागरिकता सम्बन्धी विधेक संसद बाट पारित गर्ने बताएको नेता राजेन्द्र महतोले जानकारी दिए । दलहरुबीचको किचलोका कारण नागरिकता सम्बन्धी विधेयक २०७५ भदौ देखि संसदमा अड्केको अड्क्यै छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports