सडक, सदन र समाचारमा हेर्ने हो भने रास्वपा, सभापति रवि लामिछाने र बालेन्द्र...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अमेरिकी अधिकारीको भेट पारदर्शी छ : सांसद दिव्यमणि राजभण्डारी

442
shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद दिव्यमणि राजभण्डारीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय ‘रअ’ प्रमुखलाई रातिको समयमा बालुवाटारमा भेटेको जस्तो वर्तमान सरकारले कसैलाई नभेटेको दाबी गरेका छन् ।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा नेकपा एमालेका सांसदहरुले अमेरिकी अधिकारीहरु नेपाल आएर शीर्ष नेताहरुलाई भेटघाट गरेको विषयमा प्रश्न उठाएपछि राजभण्डारीले सो जवाफ दिएका हुन् । उनले भने, ‘अमेरिकी अधिकारी नेपाल आएको पारदर्शी छ । रातारात खुफिया प्रमुखले हेड अफ दि स्टेटलाई आएर भेटेको जस्तो छैन । सबै पारदर्शी छ, यसबारे अनावश्यक आशंका गरिरहन पर्दैन ।’ उनले आगामी असार २८ गते प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिका जाने सुनेको बताउँदै यो सामान्य प्रक्रिया भएको बताए । ‘यो नर्मल प्रोसेस हो,’ उनले भने ।

नेपालमा अमेरिकाका ५ हजार सेना गुप्त रुपमा बसेको भन्ने एमाले सांसद मोहन बानियाँको जिकीरबारे उनले भने, ‘कुन देशको कति इन्टेलिजेन्स छ, यो हामीले सबै सेक्टरमा हेर्नुपर्छ । व्यापारको नाममा आएको अरु सेक्टर पनि हेर्नुपर्छ । एउटा सेक्टरमा मात्रै चार्ज गर्न हुँदैन ।’रुस–युक्रेन युद्धमा नेपालले युक्रेनको पक्षमा बोलेर हतार गरेको भन्ने एमाले सांसदहरुको धारणाको पनि उनले प्रष्टीकरण दिए । उनले भने, ‘युक्रेन बारे नेपालको टिप्पणी मानवीयताको कुरा हो । युद्धको पक्षमा नेपाल रहन सक्दैन ।’

 

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports