स्थानीय तह निर्वाचन समीक्षा र मन्त्री फेरबदलका विषयमा छलफल गर्न एकीकृत समाजवादीको स्थायी समिति बैठक सुरू
वि.सं.२०७९ जेठ ३१ मंगलवार १५:०२
shares

काठमाडौं ।स्थानीय तह निर्वाचन समीक्षा र मन्त्री फेरबदलका विषयमा छलफल गर्न नेकपा एकीकृत समाजवादीको स्थायी समितिको बैठक सुरू भएको छ।
पार्टी कार्यालय आलोकनगरमा सुरू भएको बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेस गरेका छन् । बैठकमा समसामयिक राजनीतिका विषयमा छलफल हुने एकीकृत समाजवादीले बताएको छ।







































