प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

२० बर्ष पुगेपछि मात्र बिहे गर्न पाईने ब्यबस्था पुनरावलोकन हुने

650
shares

काठमाडौं ।कानुनमन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले नेपालमा २० वर्ष पुगेपछि मात्रै बिहे गर्न पाउने कानुनी व्यवस्था वैज्ञानिक नभएको बताएका छन् । त्यसैले मन्त्रालयले त्यसमा पुनरावलोकनको गृहकार्य थालिसकेको उनले जानकारी दिए ।

बुधबारको व्यवस्थापिका संसदको बैठकमा बोल्दै मन्त्री कोइरालाले २० वर्ष पुगेपछि मात्रै बिहे गर्न पाइने कानुनी व्यवस्थाले अपराध बढाइरहेको बताए ।

‘१६ वर्षमा नागरिकता पाउँछ, १८ वर्षमा भोट हाल्छ, बिहे गर्न २० वर्ष कुर्नुपर्छ । बिहे गर्न २० वर्ष कुर्नुपर्ने अवस्था कुनै पनि स्ट्याण्डर्डले देखाउँदैन,’ मन्त्री कोइरालाले भने, ‘यसले बरु अपराध बढाउने काम भइराछ । बाल विवाहमा सजायँ भइराछ । त्यसैले यसमा रिभ्यू गर्नुपर्छ । कानुन मन्त्रालयले रिभ्युको प्रोसेस थालिसकेको व्यहोरा म अनुरोध गर्न चाहन्छु ।’

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports