प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एसपीपीका बारेमा प्रधानमन्त्रीले तत्काल संसदलाई जानकारी दिनु पर्छ : गगन थापा

637
shares

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल अमेरिकाको स्टेट पार्टनरसीप प्रोगाम (एसपीपी) बारे जानकारी दिनुपर्ने बताएका छन् । उनले आज प्रतिनिधिसभाको बैठकमा बोल्दै रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका देउवाले संसद्‍लाई जानकारी दिनुपर्ने बताएका हुन् ।

प्रधानमन्त्री देउवाले संसद्‍मा यो विषय उठेको सम्झौता कसको पालामा नेपाल छिरेको र सम्झौताको मर्म बारे जानकारी दिनुपर्ने बताए । ‘सेनाका प्रवक्ता भन्नुहुन्छ यसबारे केही जानकारी छैन,’ थापाले भने, ‘सबै पक्ष आ–आफ्ना दाबी गरिरहेका छन् । त्यसैले सरकारले संसदमा उभिएर वास्तविकता बारे जानकारी दिनुपर्छ ।’

नेपालले केही समयअघि अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अनुदान लिन सहमति जनाएको थियो । र, यस्तो विकासे अनुदान अमेरिका जस्तै अन्य मुलुक सँग पनि लिनुपर्छ । थापाले भने, ‘तर, नेपाली सेना संलग्न हुने कुनै पनि सम्झौता गर्नुहुँदैन । चाहे त्यो छिमेकी मुलुक होस् वा शक्ति तथा मित्र राष्ट्रसँग पनि सेना साझेदार गर्न मिल्दैन ।’

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports