सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

माधव समूह माओवादीमा विलय हुने ?

546
shares

काठमाडौ । स्याल कराउनु र बाख्रो हराउनु एउटा संयोगमात्र हुन सक्छ । त्यो संयोगलाई माधव नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चरितार्थ गर्न थालेका छन् । केही दिन पहिला माधव नेपालले सिध्याईदिन्छु भन्नेलाई नै आफ्ना पक्षका सांसदहरुले कर्णाली प्रदेशमा सिध्याईदिए भनेर हर्ष बढाई गरे । ठीक त्यही दिन अध्यक्ष दाहालले केपी ओली नेतृत्वको सरकारलाई विस्थापित गर्न हामीतयार भएका छौँ भन्ने उद्घोष गरे । उनले कर्णाली प्रदेश सरकार अपदस्थ गर्ने प्रधानमन्त्री केपी ओली र उनको गुटको दुस्साहसको नतिजा सबैले देखेको भन्दै केही दिन भित्रमा अन्य प्रदेशहरुमा र संघीय सरकारमा समेत कायापलट हुने दाबी गरेर माधव नेपाल समूहललाइर्ए खुसी पारेका छन् । लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा कर्णाली प्रदेशको जस्तै हुने दाबी दाहालले गरेका छन् ।

माधव नेपाल समूहले निकै पहिला देखि नै आफ्नो पार्टीभित्र आगो लगाएर माओवादी केन्द्रका अध्यक्ष दाहाललाई खुसी बनाउँदै आएका थिए । माधव समूहलाई नेकपा एमालेको नेतृत्वले पहिला नै कारबाहीगरि पार्टीबाट निकालेको भए नेकपा एमालेमा अहिलेकोजस्तो संकटपूर्ण अवस्था नै आउने थिएन । माधव समूहका केही व्यक्तिहरुले आफूहरुको व्यक्तिगत स्वार्थ पूरा नभएपछि उनीहरुले दाहालको सहयोग र समर्थनमा आफ्नो पार्टीलाई नै ध्वस्त बनाउन तयार भएका छन् । पुष्पकमल दाहाल त्यस्ता नेताहरु जसले आजसम्म पार्टीमा कहिल्यै चुनाव लडेका छैनन् । उनी ३३ वर्ष देखि लगातार टिके अध्यक्ष हुँदै आएका छन् । आफ्नो विरोध गर्नेहरुलाई उनी पटक्कैसहन सक्दैनन् त्यसैले गर्दा मोहन बैद्य, डा. बाबुराम भट्टराई, नेत्र विक्रम चन्द रामबहादुर थापा, लेखराज भट्ट, प्रभु साह लगायतका धेरै नेताहरुले पार्टी छाडेका छन् । साथै जनयुद्ध लडेका नेताहरुले पार्टी परित्याग गर्दा समेत उनमा हिनता बोध हुन सकेको छैन । अहिले उनी अर्काको पार्टीमा आगो लगाएर आफ्नो पार्टीलाई बलियो बनाउने सपना देखि रहेका हुनाले माधव नेपाल पक्षसँग उनको हिमचिम बढेको छ । माओवादी केन्द्रका स्थायी समितिका सदस्य देवेन्द्र पौडेलले हालै उद्घोष गरेका छन् माधव नेपाल समूहसँग धनिभूत वार्ता र छलफल भईरहेकोहुनाले केही दिन भित्रैमा उनीहरुको समूह माओवादी केन्द्रमा बिलय हुन्छ भनेर । त्यसैले प्रमाणित हुन्छ माधव नेपाल समूह निकै पहिला नै माओवादी समर्थक भईसकेको छ । त्यो औपचारिक घोषणा हुन मात्र बाँकी रहेको छ भनेर ।

माधव नेपाल आफ्नै कारणले आलोचित हुँदै आएका र उनले पार्टी अध्यक्ष केपी ओलीलाई कहिल्यै अध्यक्ष स्वीकार गर्न सकिरहेका थिएनन् । ओलीसँग निर्वाचन लडेका नेपाल थोरै मतले हारेका हुनाले आफ्नै हैकम पार्टीमा चलोस् भन्न चाहन्थे चुनावमा हारेपछि जति मतले हारेपनि त्यसलाई उनले स्वीकार गर्नुको बदला अर्को गुट बनाएर अध्यक्ष ओलीलाइ कमजोर पार्र्नेे पक्षमा गएकाले आफैँ कमजोर अवस्थामा पुगेपछि उनी र उनको समूह अव माओवादी केन्द्रमा विलय हुनु बाहेक उनीसँग अर्को विकल्प समेत देखिएको छैन । यदि त्यसो भएमा नेकपा एमालेसमेत सुदृढ बन्न सक्छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports