सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कांग्रेसले अहिलेकै अवस्थामा अविश्वासको प्रस्ताव नल्याउने

520
shares

काठमाडौ । गत एक महिना अघि देखि नै आफ्नो नेतृत्वमा सरकार वनाउने निर्णय गरेको नेपाली कांगे्रसको पदाधिकारी वैठकले प्रधानमन्त्री केपी ओलीमाथि अविश्वासको प्रस्ताव ल्याउनका लागि संख्या एकिन नभएको विश्लेषण गरेको छ । जनता समाजवादी पार्टीको एक पक्ष प्रधानमन्त्री ओलीसंग निकर भएर वार्ता गरिरहेका हुनाले अविश्वासको प्र्रस्ताव पारित गर्न आवश्यक पर्ने संख्या सुनिश्चत नभएको निष्र्कष कांग्रेसका पदाधिकारी वैठकले निकालेका छ । नेकपा एमालेका माधव सममुहले फ्लोर क्रस गर्ने संम्भावना भएपनि त्यस अगावै पार्टी अध्यक्ष केपी ओलीले उनीहरुलाई सांसदबाटै कारबाही गरि निकालेको खण्डमा उनीहरुमा पदको विवाद हुने र त्यो विवाद अदालतसम्म पुग्न सक्ने भएकाले अविश्वासको प्रस्ताव संसदमा लैजान नहुने पक्षमा कांग्रेस पुगेको छ ।

कांग्रेसको पदाधिकारीको वैठक प्रायः प्रत्येक दिन वस्दै आएको भएपनि ठोस निर्णय भने गर्न सकेको छैन । अस्तीमात्र वसेको पदाधिकारीको वैठकपछि कांग्रेसका उपसभापति विमलेन्द्र निधिले भने संख्या नपुगेकाले आप्mुहरुले प्रधानमन्त्री ओलीमाथि अविश्वासको प्रस्ताव अघि वढाउन नसकेको स्वीकार गरेका छन् । हामीहरुले अविश्वासको प्रस्ताव ल्याउन पहल गरेको हो तर अहिलेसम्म आवश्यक पर्ने संख्याको एकिन हुन सकेको छैन त्यसैले कांग्रेस आफुुले खनेको खाल्डोमा आफैँ पर्न सक्ने काम गर्दैनौ । संख्या नपुग्दासम्म अविश्वासको प्रस्ताव अघि बढ्दैन भन्दै एक पटक अविश्वासको प्रस्ताव राखेपछि फेल भएको खण्डमा फेरी एक वर्षसम्म अर्को प्रस्ताव ल्याउन पाइदैन । त्यसैले गर्दा संख्या एकीन नभएसम्म अविश्वासको प्रस्ताव ल्याउँदैनौ निधिले भनेका थिए । माधव नेपाल पक्षले फ्लोर क्रस गरेर पनि जनता समाजवादी पार्टीमा कति सांसद अविश्वासको पक्षमा हुने भन्नेमा कांग्रेसलाई एकीन नभएकाले गर्दा अहिलेकै अवस्थामा अविश्वासको प्रस्ताव कहिले आउँछ भन्न सकिने अवस्था नभएको निधिको भनाई रहेको थियो ।

जसपाका अध्यक्ष उपेन्द्र यादव र वावुराम भट्टराईले प्रधानमन्त्री ओलीलाई जसरी पनि हटाउन चाहिरहेका भएपनि जसपाका राजेन्द्र अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोले प्रधानमन्त्री ओलीसंग निकट रहेर आफनो पार्टीको नेता तथा कार्यकर्ताहरुमाथि लागेका मुद्दाहरु फिर्ता गराउने अभियानमा रहेका र सरकारले मुद्दा फिर्ताको प्रक्रियालाई अघि बढाएकोले गर्दा ठाकुर र महतो ओली सरकार कै पक्षमा रहेका र उनीहरु अहिलेका अवस्थामा ओली सरकारको विकल्पमा गइहाल्ने अवस्था देखिएको छैन । जसपाको एउटा पक्षमात्र नयाँ सरकारको पक्षमा भएकाले गर्दा नयाँ सरकार निर्माण हुन सक्ने सम्भावन न्यून देखिएपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल जसरी भएपनि महन्थ ठाकुर राजेन्द्र महतोलाई आफ्नो पक्षमा पार्ने रणनीतिमा लागेका भएपनि उनी सफल हुन सक्ने सम्भावना देखिएको छैन ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports