प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रधानमन्त्री अनुपस्थित हुनुलाई लोकतन्त्र तथा संसदको संसदीय प्रणाली प्रतिकूल भन्ने कि नभन्ने विषयमा विवाद

650
shares

काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा प्रधानमन्त्री अनुपस्थित हुनुलाई लोकतन्त्र तथा संसदको संसदीय प्रणाली प्रतिकूल भन्ने कि नभन्ने विषयमा विवाद भएको छ । समितिले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) र आसन्न अमेरिका भ्रमण बारे छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आइतबार बोलाएको थियो । तर अन्तिम समयमा प्राधनमन्त्रीको सचिवालयले आइतबारको बैठकमा उपस्थित हुन नसक्ने जानकारी गराएको थियो ।

समिति सभापति पवित्रा निरौला खरेल स्वयंमले समितिलाई अपमान गरेको महसुस भएको बताएकी थिइन् भने कांग्रेस सांसदहरुले कार्यव्यस्तताका कारण होला भन्दै बचाउ गरेकी थिइन् । लामो छलफलपछि निर्णय गर्ने बेला भयो । नेकपा एमाले सांसद ईश्वर पोखरेलले निर्णयको खेस्रा तयार पारे, जसमा प्रदीप ज्ञवालीले पनि सहमति जनाएपछि समिति सभापति खरेलले निर्णय मस्यौदा गर्न पठाइन् । सभापतिले त्यही निर्णय प्रस्ताव गरेपछि विवाद सुरु भएको हो । प्रधानमन्त्री संसदीय समितिमा अनुपस्थित हुनु लोकतन्त्र तथा संसदको संसदीय प्रणाली प्रतिकूल भएकाले ध्यानाकर्षण गराउने निर्णय गर्ने प्रस्ताव गरिन् ।

तर कांग्रेस र माओवादी सांसदहरुले सहमति जनाएनन् । प्रधानमन्त्री आएको भए राम्रो हुन्थ्यो भनेका उनीहरुले लोकतन्त्रको प्रतिकूल भनेर भन्न नसकिने बताएका छन् । कांग्रेस सांसद पुष्पा भुसालले फेरि पनि बोलाउन सकिने तर, प्रस्ताव अनुसार निर्णय गर्न नहुने बताइन् ।भुसालको प्रश्न छ, ‘केपी ओलीलाई साढे ३ बर्ष समितिमा उपस्थित गराउन नसक्दा केही निर्णयमा पहल नगर्ने, अहिले प्रश्न गर्ने गरी निर्णय गर्ने, किन ?’

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports