प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एसपीपी पनि एमसीसी जस्तै ब्याख्यात्मक घोषणा सहित सम्झौता हुने त होइन ? : सभापति खरेल

689
shares

काठमाडौं ।संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिकी सभापति पवित्रा निरौला खरेलले एमसीसी जस्तै एसपीपी पनि व्याख्यात्मक घोषणा सहित सम्झौता हुने त होइन भनेर शंका गरेकी छन् । समितिको आजको बैठकमा सभापति खरेलले भनिन्, ‘एमसीसी व्याख्यात्मक घोषणा सहित पारित भयो । एसपीपी पनि ब्याख्यात्मक घोषणा सहित सम्झौता हुने त होइन ? यस्तो आशंका जनताले पनि गरिरहेका छन् ।’

प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने अमेरिका भ्रमण, नेपालको परराष्ट्र नीति, अमेरिका बाट प्रस्तावित स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) लगायतका विषयमा छलफल गर्न आजको बैठकमा प्रधानमन्त्रीलाई बोलाइएको थियो । तर प्रधानमन्त्री देउवाको सचिवालयले अन्तिम समयमा उपस्थिति हुन नसक्ने जानकारी गराएको थियो । एमालेका सांसदहरुले प्रधानमन्त्रीले संसदीय समितिलाई अपमान गरेको भन्दै खेद प्रस्ताव पारित गर्नुपर्ने माग समेत राखेका थिए । तर बैठकले खेद प्रस्ताव पारित गरेन ।

यद्यपि समितिकी सभापति खरेलले प्रधानमन्त्रीलाई फेरि पनि बैठकमा बालाउनुपर्ने बताइन् । ‘नेपालमा अमेरिकी सेनाको बुट बजार्ने कुरा आइरहेका छन् । यसले गर्दा सबैको मन रोएको छ,’ सभापति खरेलले भनिन्, ‘प्रधानमन्त्रीलाई फेरि आमन्त्रण गरौं ।’ अन्य मन्त्रीहरुलाई मौखिक रुपमा बोलाउने गरे पनि प्रधानमन्त्री देउवालाई पत्र नै लेखेर बोलाइए पनि उनी अनुपस्थित भएको खरेलको गुनासो छ । यसअघि गत शुक्रबार समितिले परराष्ट्रमन्त्री डा. नारायण खड्का, प्रधानसेनापति प्रभु राम शर्मा लगायत सँग छलफल गरेको थियो ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports