प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रधानमन्त्री अमेरिका जाने, कुनै सहमति वा सम्झदारी भने नगर्ने

702
shares

काठमाडौं ।सत्ता गठबन्धनको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण अनुमोदन गरेको छ । आइतबार बिहान बालुवाटारमा बसेको गठबन्धनको बैठकले प्रधानमन्त्रीको भ्रमण अनुमोदन गरेको हो । अमेरिकामा हुन लागेको कार्यक्रममा सहभागी हुन जाने तर, प्रधानमन्त्रीले कुनै समझदारी नगर्ने सहमति बैठकमा भएको छ ।

‘प्रधानमन्त्री अमेरिका भ्रमणमा जाने तर कुनै सम्झौता र समझदारी नगर्ने सहमति भएको छ,’ बैठकमा सहभागी एक नेताले बताए । उनले भने, ‘प्रधानमन्त्रीज्यूले भ्रमणका क्रममा कुनै पनि सम्झौतामा समझदारी गर्दिन भन्नुभएको छ ।’

अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौता मस्यौदामा हस्ताक्षर गर्न नेपाली सेना र नेपाल सरकारलाई अमेरिकी सेनाले ताकेता गरेको खबर सार्वजनिक भए सँगै प्रधानमन्त्रीलाई अमेरिका भ्रमण नगर्न संसदीय समितिले सुझाव दिइसकेको छ ।

प्रधानमन्त्रीले उक्त सुझावलाई पालना गरी भ्रमणमा जाने निर्णय गठबन्धन बाट अनुमोदन गराएका हुन् । बैठकमा नेकपा एकीकृत समाजवादी पार्टीका तर्फ बाट फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने पार्टीको निर्णय कार्यान्वयन गर्ने विषयमा समेत छलफल भएको बताइएको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports