वायु सेवा सञ्चालक संघ नेपालको ५ बुँदे माग अघि सार्दै बुधबार देखि नियमित उडान रोक्ने घोषणा
वि.सं.२०७९ असार ७ मंगलवार १४:०२
shares

काठमाडौं ।वायु सेवा सञ्चालक संघ नेपालले हवाई क्षेत्रमा रहेका दीर्घकालीन समस्या समाधानको माग राख्दै बुधबार देखि नियमित उडान रोक्ने घोषणा गरेको छ । संघले मंगलबार पत्रकार सम्मेलन मार्फत ५ बुँदे माग अघि सार्दै उक्त माग सम्बोधन नभए सम्म उडान रोक्ने घोषणा गरेको हो ।
विमानस्थल सेवा शुल्क नियमावली २०७८ मा यात्रु सेवा शुल्क ल्यान्डिङ, पार्किङ, नेभिगेसन लगायतका सम्पूर्ण शुल्क वृद्धि फिर्ता लिई पूर्ववत कायम गर्न संघले माग गरेको छ । यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेलिकप्टर सञ्चालनका लागि दीर्घकालीन हेलिप्याड, मर्मत सम्भारका लागि ह्याङर लगायतका भौतिक पूर्वाधारहरुका लागि स्थान उपलब्ध गराउनुपर्ने माग संघको छ ।





































