प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

संवैधानिक पदाधिकारी नियुक्ति सम्बन्धी आज देखि हुने भनिएको सुनुवाइ स्थगित

598
shares

काठमाडौं ।संवैधानिक पदाधिकारी नियुक्ति सम्बन्धी बुधबार देखि हुने भनिएको सुनुवाइ स्थगित भएको छ । कार्यवाहक प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा र अनिलकुमार सिन्हाको संवैधानिक इजलासमा उक्त मुद्दा बुधबारका लागि सुनुवाइ तोकिएको थियो ।

तर राष्ट्रपति कार्यालय बाट सक्कल फाइल नआएपछि सुनुवाइ स्थगित भएको सर्वोच्च अदालतका एक अधिकारीले जानकारी दिए । राष्ट्रपति कार्यालयले ५२ संवैधानिक पदाधिकारीको नियुक्ति सम्बन्धी सक्कल फाइल सर्वोच्च अदालतमा पठाएको थिएन । सर्वोच्च अदालतको संवैधानिक इजलासले सक्कल फाइल नै मगाउने आदेश गरेको छ ।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा संवैधानिक परिषदको सिफारिसमा संसदीय सुनुवाईविनै नियुक्त गरिएका ५२ संवैधानिक पदाधिकारीको नियुक्ति बदरको माग गर्दै सर्वोच्चमा रिट परेको थियो । तर एक वर्ष भन्दा बढी समय भइसक्दा पनि यो रिटको किनारा लागेको छैन ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports