प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राज्यमन्त्री वलीको घटना छानबिन माथि गर्न प्रदेश सरकारको टोली दाङमा

754
shares

दाङ ।लुम्बिनी प्रदेश स्वास्थ्य तथा परिवार कल्याण राज्यमन्त्री विमलाकुमारी खत्री वलीको घटना माथि छानबिन गर्न प्रदेश सरकारले गठन गरेको टोली दाङ आएको छ । राज्यमन्त्री वलीले गत जेठ ३१ गते तुलसीपुर उपमहानगरपालिका–५ स्थित एकराज बस्नेतको घरमा पुगेर उनकी श्रीमती र पाँच बर्षकी छोरीलाई हातपात गरेकी थिइन् ।

सोही घटना बारे छानबिन गर्न बनेको समितिको टोली मंगलबार राति नै दाङ आएको हो । समितिको संयोजकमा आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्मा, महिला, बालवालिका तथा कानुनमन्त्री रमा घर्ती, मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदी लगायत रहेका छन् । उक्त टोलीले घटना बारे छानविन गर्न बुधबार प्रहरी र पीडित परिवारका सदस्य संग कुराकानी गर्नेछन् । समितिले घटना बारे छानबिनपछि प्रतिवेदन तयार पारेर मन्त्रिपरिषद बैठमा पेश गर्ने समितिका संयोजक सञ्चार मन्त्री शर्माले बताए ।

राज्यमन्त्री वलीले भने वाईसिएल नेता एकराज बस्नेत संग आफ्नो लेनदेन कारोबार रहेकाले यसै विषयमा कुराकानी गर्न उनको घरमा पुगेको बताएकी छन् । वाईसीएलका नेता एकराजले ३५ लाख रकम अहिले सम्म फिर्ता नगरेकाले खोज्दै गएको र घरमा उनकी श्रीमती संग हात हालाहालको अवस्था सिर्जना भएको बताइन् । एकराजकी श्रीमती मिना बस्नेतले भने आफू माथि हातपात गरेको भनी आरोप लगाउँदै राज्यमन्त्री वली विरुद्ध प्रहरीमा जाहेरी समेत दिएकी छन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports