kumari
stcnepal

केरल स्थित राहुल गान्धीको कार्यालयमा आक्रमण

नयाँदिल्ली ।भारतको केरल स्थित कांग्रेस नेता राहुल गान्धीको कार्यालयमा आक्रमण भएको छ ।

केरलको वामपन्थी सरकार र एसएफआईका कार्यकर्ताले आक्रमण गरेकाे कांग्रेसले आरोप लगाएको छ । साथै केरल सरकारले गुण्डागर्दीलाई बढावा दिइरहेको बताएको छ ।

राहुल गान्धी केरलको वायनाड सिटका सांसद हुन् । केरलका मुख्यमन्त्री पिनाराई विजयनले सामाजिक सञ्जाल ट्वीटर मार्फत यो आक्रमणको निन्दा गरेका छन् ।

 

 

footer