प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कमल थापाको प्रस्ताव स्थानीय तहलाई बलियो बनाऔ, प्रदेश खारेज गरौ

611
shares

कैलाली ।प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले संघीयतालाई संस्थागत गर्न संघीय प्रणालीमा सुधार गर्न आवश्यक रहेको औँल्याएका छन् । शनिवार धनगढीमा पुगेर थापाले अहिलेको संघीय संरचना अनुपयुक्त रहेको टिप्पणी गरेका हुन् ।

‘जनताका माझमा राप्रपा नेपाल, वर्तमानका चुनौती र विकल्प’ वृहत् अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्न पुगेका थापाले संघीय र स्थानीय सरकारलाई बलियो बनाउनु पर्ने र प्रदेश सरकार खारेज गर्नु पर्ने बताएका हुन् । ‘अहिले संघीय स्वरूपलाई सुधार गरेर अघि बढ्न आवश्यक रहेको छ’, उनले भने, ‘संघीय सरकारलाई बलियो बनाउँदै स्थानीय तहलाई बढीभन्दा बढी अधिकार दिनु पर्छ ।

मुलुकमा दुई तहको सरकार मात्र रहे संघीयता संस्थागत हुनेमा उनले विश्वास व्यक्त गरेका थिए ।थापाले अब कुनै पनि पार्टी सँग आफू एकता नगर्ने दाबी गरे। राप्रपा नेपाल फरक विचार, मार्गदर्शन र देशको वैकल्पिक पार्टीका रूपमा स्थापना भएको उनको दाबी थियो ।

उनले पार्टी भित्रको गलत वैचारिक प्रवृत्ति, विकृति र विसंगति समाधान प्रयास गर्न खोज्दा पनि सुझाव नमानेपछि राप्रपा बाट टाढिएर अलग पार्टी स्थापना गरेको बताए ।उनले आगामी निर्वाचनमा राप्रपा नेपाल देशको राष्ट्रिय पार्टी बन्ने पनि दाबी समेत गरेका थिए ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports