नेकपा एसका मन्त्री फेर्न बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले राजिनामा दिनु पर्ने सर्त
वि.सं.२०७९ असार १२ आइतवार १२:१५
shares

काठमाडौ ।प्रधानमन्त्री शेरबहादुर देउवाले एकीकृत नेकपा समाजवादीका मन्त्री परिवर्तन गर्न नयाँ सर्त राख्नुभएको पाइएको छ । एकिकृत समाजवादी पार्टीले मन्त्री फेर्ने निर्णय गरेको २० दिन पुग्दा पनि किन प्रधानमन्त्री शेरबहादुर देउवाले कार्यान्वयन गर्नुभएन भनेर सबैतिर चासो बढीरहंदा देउवाले नयाँ सर्त राख्नुभएको हो ।
सामान्य अवस्थामा पाण्डेले नछोड्ने बुझेका देउवाले माधव नेपालको यो बाध्यताका बीचमा नै नयाँ मन्त्री नियुक्त गरे सँगै बागमती प्रदेशको मूख्यमन्त्री आफ्नो पार्टीको मातहतमा ल्याउने उपयुक्त अवसरको रुपमा लिनु भएको छ ।
































