एकीकृत समाजवादीको केन्द्रीय परिषद् बैठक भोलि हुने
वि.सं.२०७९ असार १२ आइतवार १५:००
shares

काठमाडौं ।नेकपा एकीकृत समाजवादीको प्रथम केन्द्रीय परिषद् बैठकको सोमबार उद्घाटन हुने भएको छ । प्रज्ञा भवन, कमलादीमा अध्यक्ष माधवकुमार नेपालले सोमबार बिहान साढे ११ बजे बैठकको उद्घाटन गर्ने छन् । बैठकमा देश तथा विदेश बाट समेत गरी १५ सय भन्दा बढीको सहभागिता रहने एकीकृत समाजवादीले जनाएको छ ।
एकीकृत समाजवादीले पहिलो पटक केन्द्रीय परिषद्को बैठक बोलाएको हो । बैठकमा स्थायी कमिटी सदस्य, पोलिटब्युरो सदस्य, केन्द्रीय कमिटी सदस्य, केन्द्रीय विभाग सदस्य, जेष्ठ कम्युनिष्ट मञ्च, केन्द्रीय सल्लाहकार लगायतका सदस्य स्वतः सदस्य हुने व्यवस्था छ ।केन्द्रीय परिषदको बैठकमा स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बाट समृद्ध भएर आएको चुनाव सम्बन्धी प्रतिवेदन माथि छलफल हुने छ ।






































