निर्वाचन आयोगले बिधुतिय मेसिन प्रयोग गर्ने बारे निर्णय गर्न सरकारलाई पठायो पत्र
वि.सं.२०७९ असार १६ बिहीवार १७:२०
shares

काठमाडौं ।निर्वाचन आयोगले चुनावमा विद्युतीय मेसिन प्रयोगका सन्दर्भमा आवश्यक निर्णयका लागि फाइल मन्त्रिपरिषद्मा पठाएको छ । निर्वाचन व्यवस्थापन प्रक्रियालाई छरितो, सुरक्षित तथा स्वच्छ बनाउने उद्देश्यका साथ अध्ययनका लागि गठन भएको समितिले प्रतिवेदन बुझाए सँगै निर्वाचन आयोगले आवश्यक निर्णयका लागि फाइल (प्रतिवेदन) मन्त्रिपरिषद्मा पठाएको हो ।




































