kumari
stcnepal

काठमाडौंमा हैजाका बिरामीको संख्या १७ पुग्यो, केयुकेएलले बितरण गरेको पानी नै दुषित

काठमाडौं। काठमाडौं उपत्यकामा हैजाका बिरामीको संख्या १७ पुगेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुम्मन लाल दासका अनुसार शुक्रबार कागेश्वरी मनोहरामा थप एक जनामा हैजा देखिए सँगै बिरामीको संख्या १७ पुगेको हो ।

हाल शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा चार र पाटन अस्पतालमा एक गरी पाँच जना हैजाका बिरामीको उपचार भइरहेको छ । बिरामीमा हैजाको स्रोत पानी देखिएको डा. दासले जानकारी दिए । स्वास्थ्य कार्यालय काठमाडौंले बुधबार बागबजार, डिल्लीबजार, बालाजु, त्रिपुरेश्वर, बल्खु, सानेपा, कालिमाटि लगायत स्थानमा पुगेर पानीको नमुना परीक्षण गरेको थियो। उपत्यकामा वितरण गरिने खानेपानी पिउन योग्य नरहेको भेटिएको डा. दासले बताए । उनका अनुसारमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले वितरण गरेको केही ठाउँको पानीमा पनि इकोलाई भेटिएको छ ।

‘केस अनुसारको नुमना परीक्षणको रिर्पोट एकै किसिमको छैन । इनार, धारा तथा ट्यांकरको सबै पानी प्रदूषित छ । केयूकेएलको कुनै ठाउँको पानीमा इकोलाई देखियो,’ दासले भने,’ यसबाट पनि प्रदूषित छ भन्ने प्रष्ट हुन्छ । तर, पानीमा कहाँ बाट हैजा सरेको हो भन्ने एकीन भएको छैन ।’ केही नमुना परीक्षणमा हानिकारक जीवाणु भेटिएपछि इडीसीडीले शुक्रबार देखि अनुगमनलाई तीव्रता दिने जनाएको छ । महाशाखाले सबै तिरको पानीमा दिसाको जीवाणु भेटिएकाले उमालेर वा झोल क्लोरिन हालेर पिउन अनुरोध गरेको छ ।

 

 

footer