प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

काठमाडौंमा हैजाका बिरामीको संख्या १७ पुग्यो, केयुकेएलले बितरण गरेको पानी नै दुषित

871
shares

काठमाडौं। काठमाडौं उपत्यकामा हैजाका बिरामीको संख्या १७ पुगेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुम्मन लाल दासका अनुसार शुक्रबार कागेश्वरी मनोहरामा थप एक जनामा हैजा देखिए सँगै बिरामीको संख्या १७ पुगेको हो ।

हाल शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा चार र पाटन अस्पतालमा एक गरी पाँच जना हैजाका बिरामीको उपचार भइरहेको छ । बिरामीमा हैजाको स्रोत पानी देखिएको डा. दासले जानकारी दिए । स्वास्थ्य कार्यालय काठमाडौंले बुधबार बागबजार, डिल्लीबजार, बालाजु, त्रिपुरेश्वर, बल्खु, सानेपा, कालिमाटि लगायत स्थानमा पुगेर पानीको नमुना परीक्षण गरेको थियो। उपत्यकामा वितरण गरिने खानेपानी पिउन योग्य नरहेको भेटिएको डा. दासले बताए । उनका अनुसारमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले वितरण गरेको केही ठाउँको पानीमा पनि इकोलाई भेटिएको छ ।

‘केस अनुसारको नुमना परीक्षणको रिर्पोट एकै किसिमको छैन । इनार, धारा तथा ट्यांकरको सबै पानी प्रदूषित छ । केयूकेएलको कुनै ठाउँको पानीमा इकोलाई देखियो,’ दासले भने,’ यसबाट पनि प्रदूषित छ भन्ने प्रष्ट हुन्छ । तर, पानीमा कहाँ बाट हैजा सरेको हो भन्ने एकीन भएको छैन ।’ केही नमुना परीक्षणमा हानिकारक जीवाणु भेटिएपछि इडीसीडीले शुक्रबार देखि अनुगमनलाई तीव्रता दिने जनाएको छ । महाशाखाले सबै तिरको पानीमा दिसाको जीवाणु भेटिएकाले उमालेर वा झोल क्लोरिन हालेर पिउन अनुरोध गरेको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports