प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रधानसेनापति शर्मा संयुक्त राष्ट्रसंघको मुख्यालयमा पुगे

910
shares

काठमाडौं ।गत असार १३ गते बाट मित्र राष्ट्र संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति प्रभुराम शर्मा तथा भ्रमण दलका सदस्यहरूले शुक्रबार न्यूयोर्क स्थित संयुक्त राष्ट्रसंघको मुख्यालयको भ्रमण गरेका छन् ।

भ्रमणको क्रममा, प्रधान सेनापति महारथी शर्माले मुख्यालयका सैन्य सल्लाहकार जेनरल बिरामे डिओप, अन्डर सेक्रेटरी जेनरल जिन पिएरी ल्याक्रोइक्स, अतुल खारे र रोजमेरी डिकार्लो सँग भेटवार्ता गरेका छन् । छलफलमा दुई पक्षीय आपसी हित र पारस्परिक सम्बन्ध एवं यूएन मिसनका विविध पक्षहरूका बारेमा छलफल तथा विचार विमर्श गरेको नेपाली सेनाले जनाएको छ ।

शर्मा तथा भ्रमण दलका सदस्यहरू भ्रमण सम्पन्न गरी असार १९ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।भ्रमणले द्वन्द्वग्रस्त मुलुकहरूमा शान्ति स्थापनार्थ खटिएका नेपाली शान्ति सैनिकहरूको भूमिका तथा हौसलामा अभिवृद्धि हुनुका साथै यूएन मिसनहरूको गुणात्मक एवं व्यवस्थापकीय पक्षहरू सबल बनाउन तथा भावी योजना तर्जुमा गर्न उल्लेख्य सहयोग पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports