मूल्यबृद्धि सरकारको नियन्त्रण भन्दा बाहिर गयो : महानिर्देशक शर्मा
वि.सं.२०७९ असार १९ आइतवार ०७:३५
shares

काठमाडौं ।वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक लीलाप्रसाद शर्माले बजारको मूल्यवृद्धि नियन्त्रण भन्दा बाहिर गइरहेको बताएका छन् । शनिबार विभागमा पत्रकार सम्मेलन गर्दै उनले शुक्रबार देशभर एक साथ, एकै समयमा बजार अनुगमन गरिएको जानकारी पनि दिए ।
विदेश बाट नै सामानको मूल्य बढेर आएकाले मूल्यवृद्धि सरकारको नियन्त्रण भन्दा बाहिर रहेको उनको भनाइ छ । महानिर्देशक शर्माले एक वर्षमा पेट्रोलियम पदार्थको १०४ प्रतिशत मूल्यवृद्धि भएकाले अरू वस्तुको मूल्य बढेको उल्लेख गरे ।
अभियानकै रूपमा यसप्रकारको अनुगमनको सुरुवात गरिएको र आउँदा दिनमा पनि यसलाई निरन्तरता दिइने विभागले जनाएको छ ।



































