प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कांग्रेसको शेखर समूहले बिद्रोह गर्न सक्ने खतरा

624
shares

काठमाडौँ ।नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहले पार्टीमा विद्रोह गर्ने रणनीति बनाएको छ । आगामी संसदीय निर्वाचनमा ४० प्रतिशत टिकट नपाए कोइराला पक्ष विद्रोह गर्ने तयारीमा पुगेको हो ।

पार्टीमा रचनात्मक विद्रोह गर्ने चेतावनी सहित कोइराला समूहले ४० प्रतिशत भावण्डा मागेको हो । पार्टीको १४ औँ महाधिवेशनमा शेखरले ४१ प्रतिशत मत ल्याएका थिए । यसअघि शेरबहादुर देउवाले पनि गिरीजाप्रसाद कोइराला सभापति हुँदा ४० प्रतिशतको भागवण्डा मागेका थिए । जुन सुशील कोइरालाको पाला सम्म रहेको थियो ।

पछिल्लो समय भने सभापति देउवाले शेखर समूहलाई भूमिकाहीन बनाउनुका साथै सरकारमा पनि सहभागी गराएका छैनन् । यता कोइरला पक्षले भने ४० प्रतिशत भाग नपाए ठूलो विद्रोह गर्ने तयारीमा छ ।

देउवाको कार्यशैली बाट रुष्ट बनेका कांग्रेस नेता कार्यकर्ताहरु बाट विभाजनको खतरा देखिन थालेको छ । त्यति मात्र होइन कोइराला समूहले देशभर उम्मेदवार उठाएर नेकपा एमाले सँग भित्री तालमेल गर्ने तयारी सम्म गरेको बताइएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports