प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

माओबादीको बैठकमा अर्थमन्त्रीको विरोध

754
shares

काठमाडौं ।नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय कमिटी बैठकमा प्रदेशगत रिपोर्टिङ सुरू भएको छ । अहिले प्रदेश अध्यक्ष तथा इन्चार्जहरूले प्रदेशहरूको सांगठानिक तथा समसामयिक रिपोर्ट प्रस्तुत गरिरहेका छन् ।

यसैक्रममा वागमती प्रदेश समितिका अध्यक्ष सरल सहयात्रीले भर्खरै आफ्नो प्रदेशको रिपोर्टिङ गरेका छन् । जसक्रममा उनले अर्थमन्त्री जनार्दन शर्माको समेत विरोध गरे । अर्थमन्त्री शर्माले सरकारलाई व्यक्तिगत कम्पनी जस्तो गरी चलाएको, बजेट खन्याउन नजानेको भन्दै उनले आलोचना गरे । माओवादी केन्द्र देशमा सबैभन्दा बढी अराजक पार्टी भएको उनको टिप्पणी थियो । भावुक पनि माओवादी नै भन्दै उनले भने, ‘कोही रोए केन्द्रीय सदस्य पाउने पनि यही पार्टी ।’

यस्तै विद्यार्थी संगठनको विवादका विषयमा बोल्दै उनले अहिले नैतिक रूपमा चल भन्ने शक्ति पनि नेतृत्वमा नभएको भनेर टिप्पणी गरे । यस्तै अध्यक्ष सहयात्रीले तीन दिन चल्ने बैठकलाई थप दुई दिन बढाएर भएपनि पदाधिकारी फाइनल गर्नुपर्नेमा जोड दिए । ‘२ दिन बढाएर ५ दिन बनाऔं तर, पदाधिकारी फाइनल गरेर जाऔं,’ उनले भने, ‘स्थायी कमिटी र पोलिटब्यूरो पनि बनाऔं ।’

यस्तै स्थानीय तह निर्वाचनमा गठबन्धनको मोडालिटी सही नभएको पनि उनले बताए । उनले भने, ‘हामी जनताका  मुद्दा उठाउन नजान्ने भइसकेका छौं ।’ पार्टी भित्र अन्तर्घात पनि डरलाग्दो रूपमा देखिएको उनको भनाइ छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports