प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

वामदेव गौतमले आफुलाई निष्काशन गर्नेहरूलाई निष्काशन गरे

663
shares

काठमाडौं ।राष्ट्रिय एकता अभियान बाट संयोजक वामदेव गौतमलाई नै निष्कासित गरेको भन्दै विज्ञप्ति निकाल्ने पाँच जनालाई गौतमले जवाफी कारबाही गर्नुभएको छ । गौतमले सचिवालय सदस्य युवराज सफल सहित पाँचै जनालाई निष्कासन गर्ने निर्णय लिनुभएको हो । पार्टीका प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले अनुशासन विपरीतका क्रियाकलाप गरेकाले उनीहरू माथि कारबाहीको निर्णय भएको बताउनु भयो । पार्टीका ९ जना सचिवालय मध्ये ७ जना बैठकमा सहभागी भएको पाण्डेको दावी छ ।

पाण्डेका अनुसार युवराजलाई कुनै पनि अवस्थामा पार्टीमा नफर्काउने गरी निष्कासन गरिएको छ भने अन्य ४ जनालाई आत्मालोचना गरेमा पार्टीमा फर्कन सकिने विकल्प दिइएको छ । शनिवार वामदेवलाई कारबाहीको विज्ञप्ति जारी गर्नेहरूले आफूहरू सँग पार्टीको बहुमत रहेको दाबी गरेका थिए । तर, उनीहरूको दाबी हास्यास्पद रहेको पाण्डेले गौतम पक्षको जिकिर छ ।

‘९ जना सचिवालय सदस्य मध्ये ८ जना वामदेव कामरेड सँगै छौं । ६९ जना केन्द्रीय सदस्य मध्ये उहाँहरू सँग ७–८ जना हुनुहुन्थ्यो । हिजो हस्ताक्षर गरेका बाहेक अरुले पार्टीमै रहन्छौं भनिरहनुभएको छ,’ पाण्डेको भनाई छ । पाण्डेका अनुसार राष्ट्रिय एकता अभियानले आयोजना गरेको भेलामा युवराज सहितका केही व्यक्तिहरू आमन्त्रित सदस्यका रूपमा सहभागी हुनुहुन्थ्यो ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports