२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सर्वोच्चले संगीता थोकरलाई सरुवा गर्नुको कारण माग्यो महान्यायाधिवक्ता कार्यालय सँग

1.05K
shares

काठमाडौं ।सर्वोच्च अदालतले जिल्ला सरकारी वकिलको कार्यालयमा कार्यरत सहायक न्यायाधिवक्ता संगीता थोकरलाई सरुवा गर्नुको कारण पेश गर्न महान्यायाधीवक्ता कार्यालयको नाममा आदेश जारी गरेको छ ।

सर्वोच्चले उनलाई सरुवा नगरी ललितपुरमा राख्नुपर्ने माग रहेको भन्दै त्यस वारे अन्तरिम आदेश जारी हुने कि नहुने भनी छलफल गर्न दुवै पक्षलाई झिकाएको छ ।

बलात्कारको मुद्दा कमजोर बनाउन नमानेको भन्दै महान्यायाधिवक्ता कार्यालयले आफूलाई सरूवा गरेको भन्दै आएकी सरकारी वकिलको कार्यालय ललितपुरमा कार्यरत थोकरले सर्वोच्चमा रिट निवेदन दर्ता गरेकी थिइन् । थोकरलाई जिल्ला अदालत ललितपुर बाट वागमती प्रदेश सरकारको मुख्य न्यायाधिवक्ता कार्यालय हेटौंडामा सरुवा गरिएको थियो ।

बलात्कार मुद्दा दायर गर्ने क्रममा महान्यायाधिवक्ता कार्यालयले दबाव दिएको भन्ने उनको आरोप माथि छानबिन गर्न सहन्यायाधिवक्ताको नेतृत्वमा समिति समेत बनाइएको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports