आज पनि आईजीपी बढुवा विवादमा सुनुवाइ सकिएन
वि.सं.२०७९ असार १९ आइतवार १७:५६
shares

काठमाडौं ।प्रहरी महानिरीक्षक बढुवा सम्बन्धी विवादमा सर्वोच्च अदालतमा आइतबार पनि सुनुवाइ सकिएन ।
धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने सरकारको निर्णय विरुद्ध कामू प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासले सुनुवाइ भइरहेको थियो ।
आइतबार सुनुवाइ नसकिएपछि उक्त मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । एआईजी विश्वराज पोखरेलले आफू भन्दा कनिष्ट एआईजीलाई प्रहरी महानिरीक्षमा बढुवा गरेको भन्दै सर्वोच्च अदालतमा रिट दिएका थिए ।
































