जसपाले फिर्ता बोलायो तीन मन्त्रीलाई, तीन नयाँ मन्त्रीको नाम पनि सिफारिस, श्रेष्ठ भने थामिए
वि.सं.२०७९ असार २० सोमवार ०८:५४
shares

काठमाडौं ।जनता समाजवादी पार्टी (जसपा)ले तीन जना मन्त्रीलाई सरकार बाट फिर्ता बोलाएको छ ।
कृषि मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार मन्त्री रेणु यादव र वन मन्त्री राम सहाय यादवलाई जसपाले सरकार बाट फिर्ता बोलाएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठलाई भने निरन्तरता दिइएको छ ।
जसपाले तीन जना नयाँ मन्त्रीको नाम पनि प्रधानमन्त्री समक्ष सिफारिस गरिसकेको छ । नयाँ मन्त्रीको रुपमा इस्तियाक राई, प्रदीप यादव र मृगेन्द्र सिंह छन् । राईलाई भौतिक पूर्वाधार, यादवलाई वन र राष्ट्रिय सभा सदस्य सिंहलाई कृषि मन्त्रीको रुमा सिफारिस गरिएको जसपा स्रोतले बतायो । ‘नयाँ मन्त्रीहरुको सपथ आज वा भोलि हुन्छ,’ स्रोतले भन्यो ।
































