प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

विनोद शाहीको हत्याका आरोपीलाई बचाउन सरकारी वकिल कार्यालयले भूमिका खेलेको भन्दै स्थानीय बासिन्दा आन्दोलित, प्रहरीद्वारा हवाइ फायर

780
shares

धनगढी ।अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का किशोर विनोद शाहीको हत्याका आरोपीलाई बचाउन सरकारी वकिल कार्यालयले भूमिका खेलेको भन्दै स्थानीय बासिन्दा आन्दोलित भएका छन् । उनीहरुले नाराबाजी सहित जिल्ला सरकारी वकिलको कार्यालय र अदालत घेराउ गर्न खोज्दा अछाम सदरमुकाम मंगलसेनमा तनाव भएको छ ।

प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रु ग्यास प्रहार गर्दै केही राउण्ड हवाइ फायर समेत गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) नारायण डाँगीले अभियुक्तलाई अदालत पेश गर्ने तयारी भइरहेका बेला नाराबाजी गर्दै स्थानीय बासिन्दाले सरकारी वकिलको कार्यालय र जिल्ला अदालत घेराउ गर्न खोजेपछि बल प्रयोग गरेर स्थिति नियन्त्रणमा लिइएको बताए ।

‘उहाँहरुले सम्मानित अदालत र सरकारी वकिल कार्यालय घेराउ गर्न खोजेपछि तनाव सिर्जना भएको हो,’ डाँगीले भने, ‘हामीले स्थिती नियन्त्रणमा लिन केही सेल अश्रु ग्यास र हवाइ फायर गरेका छौँ ।’ त्यसक्रममा केही घाइते भएका छन् ।

पीडित पक्षले सरकारी वकिल कौशल ढुङ्गानाले मुद्दा अदालत सम्म नपुयाउन दबाब दिएको आरोप लगाएको छ । तर ढुङ्गानाले आरोप अस्वीकार गरेका छन् । गत जेठमा घर बाट हराएको ५ दिन पछि शाही नजिकै मृत फेला परेका थिए । शाहीको मृत्यु बारे अनुसन्धान गर्न प्रहरीले मेयर अम्बिका चलाउने सहित ७ जनालाई पक्राउ गरेको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports