प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पाँच दलिय गठबन्धन देशको लागि अभिशाप : अध्यक्ष ओली

689
shares

काठमाडौं ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन यो देशकै लागि अभिशाप भएको बताएका छन् । प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै प्रतिपक्षी दलका नेतासमेत रहेका ओलीले गठबन्धन टिकाउन बाहेक सरकारले अर्को कुनै काम गर्न नसकेको टिप्पणी गरेका हुन् ।

‘आफ्ना स्वार्थको खेती गर्ने ठाउँ हो यो देश ? एउटा दल विशेषका स्वार्थ, गठबन्धन विशेषका स्वार्थको बाली काट्ने, फसल उठाउँने ठाउँ हो यो देश ?’ उनले प्रश्न गरे । ‘यता जुइनो खुस्किन्छ, त्यहाँ बाँध्यो, यता किला फुस्किन्छ, उता बाँध्यो,’ गठबन्धन प्रति व्यङ्ग्य गर्दै उनले अगाडि भने, ‘राजनीतिक हिसाबले, राष्ट्रियताको हिसाबले, अर्थतन्त्रका हिसाबले देशका लागि यो गठबन्धन अभिशाप हो ।’

किसानले मल पाउँदैनन्, महँगी बढेको छ तर पनि सरकार बेखबर बन्ने गरेको उनको आरोप छ । उनले भने, ‘सरकारको एउटै संकल्प गठबन्धन टिकाउने मात्र छ ।’ देशका लागि गर्नुपर्ने अठोट, संकल्प सरकार सँग केही नभएको उनले बताए ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports