प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

फेरी पत्रकारले कुटाई खाए, पत्रकार महासंघको बिरोध

468
shares

काठमाडौं ।नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक रतन खड्काका दाइ बताउने महेश खड्काले पत्रकार माथि कुटपिट गरेका छन् ।

हिजो राति ९ बजे ललितपुरको कुपण्डोल स्थित आर्थिक दैनिकको कार्यालयमा पत्रकार तथा कर्मचारी माथि कुटपिट भएको हो । मादक पदार्थ सेवन गरेका खड्काले कार्यालयमा तोडफोडको प्रयास समेत गरेका थिए । घटना लगत्तै त्यहाँका कर्मचारीले प्रहरीलाई खबर गरेका हुन् ।

पक्राउ परेका खड्कालाई प्रहरीले तत्काल छाडेपछि ध्यानाकर्षण भएको नेपाल पत्रकार महासंघले जनाएको छ । ‘कुनै पनि बहानामा यस किसिमले कुटपिट हुनु र कार्यालय तोडफोडको प्रयास हुनु निन्दनीय हुनुका साथै प्रेसविरोधी काम हो’, महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

महासंघले प्रेसविरोधी यस्ता कार्यमा संलग्न जोसुकैलाई कानूनी दायरामा ल्याउन र पत्रकार तथा सञ्चारमाध्यमलाई सुरक्षाको प्रत्याभूति दिलाउन सम्बन्धित पक्ष सँग माग गरेको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports