प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आयल निगमको मुख्य कार्यलय रहेको जग्गा धितो राखेर ऋण लिने कार्य रोक्न कर्मचारी संगठनहरूको माग

832
shares

काठमाडौं ।मुख्यालय धितो राखेर ऋण झिक्न आयल निगमले थालेको प्रक्रिया तत्काल रोक्न कर्मचारी युनियनहरुले माग गरेका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूलाई ध्यानाकर्षण पत्र लेख्दै निगममा सक्रिय दुई वटा कर्मचारी युनियनहरुले ऋण झिक्ने प्रक्रिया तत्काल रोक्न माग गरेका हुन् ।

सन्दिप बराल नेतृत्वको आयल निगम स्वतन्त्र कर्मचरी युनियन र झबिन्द्र विक नेतृत्वको निगम कर्मचारी संघको संयुक्त निवेदनमा स्वचालित मूल्य प्रणालीमा इन्धनको मूल्य समायोजन हुनुपर्ने भन्दै ऋण मात्रै विकल्प नभएको जनाइएको छ ।

अर्थ मन्त्रालयले घटाएको करमा निगमले राहत नपाएको भन्दै कर्मचारी ट्रेड युनियनले मूल्य समायोजन समयमै नहुँदा निगम ठूलो नोक्सानीमा परेको समेत दावी गरिएको छ ।

‘मुख्यालय धितो राखेर ३ अर्ब ऋण लिने प्रक्रिया तत्काल रोक्न ध्यानाकर्षण गराउँछौं,’ ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘इन्धनको स्वचालित मूल्य कायम गरिनुको विकल्प छैन् ।’

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports