प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रधान सेनापति प्रभुराम शर्मा स्वदेश फिर्ता

884
shares

काठमाडौं ।प्रधान सेनापति प्रभुराम शर्मा अमेरिका बाट स्वदेश फर्किएका छन् । नेपाली सेना शान्ति स्थापनार्थ खटिएका विभिन्न द्वन्द्वग्रस्त मुलुक र अमेरिका भ्रमणमा रहेका शर्मा आइतबार स्वदेश फर्किएका हुन् ।

शर्मालाई जंगी अड्डामा बलाधिकृत रथी बालकृष्ण कार्की र रक्षा सचिव किरणराज शर्माले स्वागत गरेका थिए । उनले असार ४ देखि ८ गते सम्म लेबनान, असार ८ देखि ९ गते सम्म सिरिया र त्यसपछि अमेरिका भ्रमण गरेका थिए ।

विभिन्न समयमा हुने उच्चस्तरीय भ्रमणले द्वन्द्वग्रस्त मुलुकहरुमा शान्ति स्थापनार्थ खटिएका नेपाली शानित सैनिकको भूमिका र हौसला अभिवृद्धि हुने नेपाली सेनाले बताएको छ ।

अमेरिकाको भ्रमण बाट नेपाली सेना र अमेरिकी सेना बीच विगत देखि रहँदै आएको आपसी सौहार्दपूर्ण सम्बन्ध सुदृढ हुनुका साथै दुई पक्षीय हित एवं पारस्परिक सम्बन्धलाई सुमधुर बनाउन महत्वपूर्ण सावित सेनाको भनाइ छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports