प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

विनोद शाही हत्या प्रकरण, मंगलसेन निषेधित क्षेत्र घोषणि

767
shares

अछाम ।विनोद शाही मृत्यु प्रकरणले उग्र रुप लिन थालेपछि प्रशासनले जिल्ला सदरमुकाम मंगलसेनका विभिन्न स्थानमा निषेधित क्षेत्र घोषण गरेको छ। जिल्ला प्रशासन कार्यलय अछामले दरबार क्षेत्र, जिल्ला अदालत, जिल्ला सरकारी वकिल कार्यालय , बैरागी धारा बस काउन्टर, मंलसेन नगरपालिका कार्यालय तथा कृषि ज्ञान केन्द्र आसपासको जीप काउन्टर क्षेत्र भित्रलाई निषेधित क्षेत्र घोषणा गरेको हो ।

निषेधित क्षेत्रमा कुनै पनि विरोधका कार्यक्रम नगर्न/नगराउन भनिएको छ । यस्तै, निषेधित क्षेत्र तोकिएका ठाउँमा बाधा अवरोध नगर्न र निषेधित क्षेत्र उल्लंघन गरेको पाइएमा कानूनी कारवाही हुने जिल्ला प्रशासन कार्यलयले जनाएको छ।

मृतक विनोद शाहीको न्यायको लागि भन्दै सोमबार ५ दलीय गठबन्धनले गरेको आन्दोलनले उग्र रुप लिँदा १३ सुरक्षाकर्मी घाइते भएका थिए । जेठ १७ गते देखि बेपत्ता पञ्चदेवल बिनायक नगरपालिका ४ कालिकास्थानका १६ बर्षीय किशोर विनोद शाही २२ गते गाउँ नजिकैको भिरमा मृत भेटिएका थिए । हत्या भएको भन्दै परिवारले दिएको किटानी जाहेरीका आधारमा पञ्चदेवल बिनायक नगरपालिका नगर प्रमुख अम्बिका चलाउने सहित ७ जनालाई प्रहरीले पक्राउ गरि अनुसन्धान गरिरहेको छ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports