विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

माओबादीको बैठक आज बस्दै, अध्यक्षले पदाधिकारीको नाम पेश गर्ने, कसैले बिरोध गर्न नपाउने

559
shares

काठमाडौं ।नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज बस्दै छ । आजको बैठकमा पार्टीको पोलिट्ब्यूरो, स्थायी कमिटी र पदाधिकारीको प्रस्ताव अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ल्याउने बताइएको छ ।

माओवादी केन्द्रको पूर्वस्थायी कमिटी र इन्चार्जहरूको बैठकले पार्टीको पोलिट्ब्यूरो, स्थायी कमिटी र पदाधिकारीको प्रस्ताव ल्याउने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको छ । प्रचण्ड निवास खुमलटारमा हिजो बसेको बैठकले आजको केन्द्रीय कमिटी बैठकमा कमिटी र पदाधिकारीको प्रस्ताव गर्ने जिम्मेवारी दिएको थियो ।

नेता गणेश साहले आजको बैठकमा पोलिट्ब्यूरो, स्थायी कमिटी गठन गर्ने र पदाधिकारी चयन गर्ने बताए । उनका अनुसार सबै प्रस्ताव ल्याउने जिम्मा अध्यक्षलाई दिइएको छ । उनले भने, “अध्यक्षले ल्याउने प्रस्ताव सबैले स्वीकार गर्नुपर्ने सहमति भएको छ ।” मंगलबार बोलाइएको बैठक आजका लागि स्थगित गरेर नेताहरू छलफलमा जुटेका थिए ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports