kumari
stcnepal

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबे माथि गोली प्रहार

काठमाडौं ।जापानका पूर्व प्रधानमन्त्री शिन्जो आवे माथि गोली प्रहार भएको छ । गोली प्रहार बाट उनको अवस्था गम्भीर रहेको जापानी समाचार संस्था द जापान टाइम्सले जनाएको छ।

उनलाई जापानको पश्चिमी शहर नारामा गोली प्रहार भएको त्यहाँको प्रहरीले जनाएको छ।उनले आफ्नो स्वास्थ्य अवस्था जिटिल बन्दै गएको भन्दै सन् २०२० को सेप्टेम्बर १४ मा प्रधानमन्त्री पद बाट राजीनामा दिएका थिए। ​ आवे जापानमा सबै भन्दा लामो समय कार्यकारी पदमा रहने नेता पर्छन्।

उनी सन् २००६ देखि सन् २००७ सम्ममा पहिले पनि प्रधानमन्त्री बनेका थिए। तर आफूले नेतृत्व गरेको दल लिबरल डिमोक्रेटिक पार्टीको अनपेक्षित पराजय सँगै स्वास्थ्यको समस्या देखाउँदै राजीनामा दिएका थिए। सन् २०१२ मा दोस्रो पटक प्रधानमन्त्री बनेका आवे आठ वर्ष लगातार प्रधानमन्त्री रहे।

 

 

footer