प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमालेले सहकार्यको ढोका खोलेकै छैन,अनि कहां बाट बन्द हुनु ? : माधव नेपाल

559
shares

बुटवल ।नेकपा (एकीकृत समावादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेले आफ्नो दल सँग सहकार्यको ढोका खोल्दै नखोलेको बताएका छन् । समाजवादी प्रेस संगठनले बुटवलमा गरेको पत्रकार भेटघाटमा अध्यक्ष नेपालले आफ्नो पार्टी गठनपछि एमालेले बन्द गरेको सहकार्यको ढोका अझै नखुलेको बताएका हुन् । ‘एमालेले सहकार्यको ढोका खोलेकै छैन,अनि कहां बाट बन्द हुनु ?’ पत्रकारले आउँदो चुनावमा एमाले सँग तालमेलको सम्भावना कत्तिको छ भनेर सोधेको प्रश्नमा अध्यक्ष नेपालले भने, ‘हामीले गरेको विद्रोहको औचित्य पुष्टि भएको छ । हामीले उठाएका इस्युहरू ज्युंदै छन् ।’

अध्यक्ष नेपालले आगामी चुनावमा पाँच दलीय गठबन्धन कायमै रहने तर पार्टी गठबन्धनको मात्रै भर नपर्ने बताए । तत्कालीन नेकपा ब्युझाउन सकिन्छ कि भनेर पनि सचिवालयका ९ जना मध्ये ५ जनाको बैठक बसेर छलफल अघि बढाएको समेत नेपालले बताए ।

२०६३ सालमा आफूले गिरिजाप्रसादलाई प्रधानमन्त्री बनाएको र २०६६ मा उनले आफूलाई प्रधानमन्त्री बनाएको स्मरण गर्दै नेपालले वामपन्थी दलहरू मिल्दा कांग्रेस आत्तिन नहुने बताए । विश्वमा युद्धको कालो बादल मडारिएको र त्यसको बाछिटा एसिया तिर पनि आउने चिन्ता बढेकाले नेपाल सजग बन्दै असंलग्न परराष्ट्र नीतिलाई प्रभावकारी रुपमा अवलम्बन गर्नुपर्नेमा जोड दिए ।

नेपाल कुनै पनि शक्ति राष्ट्रसंगको सैन्य गठबन्धनमा सामेल हुन नहुनेमा जोड दिंदै अध्यक्ष नेपालले कुनै पनि सम्झौतामा सहमति जनाउनु अघि सरकार र दलहरु गहिरो अध्ययन गरेर मात्र निर्णयमा पुग्नुपर्नेमा जोड दिए । अमेरिकी सहयोग परियोजना एमसीसीको ब्याख्यात्मक घोषणाको कार्यान्वयन बारे सरकारले फलोअप गर्नुपर्ने बताए ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports